alliance khabar

आइतबार, चैत्र ०३, २०८१

ताप्लेजुङ, चैत ३ गते ।

ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् ।

इन्द्र भगवानको पूजा गरेमा पानी पर्ने विश्वासहित आठराई त्रिबेणी गाउँपालिका –२ फूलबारीका किसानले तमोर नदीमा पूजा आयोजना गरेका हुन् । तमोर नदी र काबेली खोलाको संगमस्थल त्रिबेणीमा पानी माग्दै वर्षा र सहकालका देवता मानिने इन्द्र भगवानको पूजा गरेको किसानले बताएका छन् ।

लामो समयदेखि पानी नपरेका कारण बोका बलि चढाउँदै इन्द्र भगवानको पूजा गरिएको फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ लिम्बूले जानकारी दिनुभयो । वडाध्यक्ष सेन्दाङका अनुसार इन्द्र भगवानको पूजा गरे पानी पर्ने जनविश्वास रहेकाले स्थानीय किसानले नदी किनारमा गएर पूजा आयोजना गरिएको हो ।

उहाँले लामो खडेरीका कारण समयमा खेतीबाली लगाउन नपाएको र लगाएको बाली सुक्न थालेपछि पानी माग्दै पूजा गर्नु रहर नभइ बाध्यता भएको बताउनुभयो । फूलबारीका पाँच दर्जन बढी किसान परिवारले संयुक्त रुपमा तमोर नदीमा पूजा आयोजना गरेको पनि उहाँले जानकारी दिनुभयो । लामो समयसम्म खडेरी पर्दा ग्रामीण क्षेत्रमा पानी माग्दै इन्द्र भगवानको पूजा गर्ने साथै भ्यागुताको विवाह गर्नेलगायतको प्रचलन रहिआएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल