alliance khabar

सोमबार, चैत्र ०४, २०८१

इलाम, चैत ४ गते : इलामको सूर्योदय नगरपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता वितरणको काम थालिएको छ । आज एक कार्यक्रमबिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रको दर्ता स्टेशनको उदघाटन गर्नुभयो ।

आजैदेखि सूूर्योदय –२ पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयबाट नगरपालिकाका १४ वटै वडाका नागरिकलाई नागरिकता दिन थालिएको छ । यसअघि सीमा प्रशासनबाट ६ वटा वडाका नागरिकलाई मात्र नागरिकताको सेवा दिइएको थियो । अहिले सेवा विस्तार गरेर सूूर्योदय नगरपालिकाका सबै नागरिकलाई सेवा दिन थालिएको हो ।

नागरिकता बनाउन तथा राष्ट्रिय परिचयपत्र दर्ता गराउन इलाम सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयसम्म नै पुग्नुपर्ने बाध्यता हटेको सूूर्योदय नगरप्रमुख रणबहादुर राईले बताउनुुभयो । ‘सदरमुुकाम जान यहाँका सबै नागरिकलाई समस्या थियो, यतैबाट सेवा सुुरु भएपछि आर्थिक रुपमा र समय दुबैको बचत भएको छ ।’ नगरप्रमुख राईले भन्नुुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी स्टेशन स्थापना गर्नेगरी राष्ट्रिय परिचयपत्रको फोटो खिचाउन र फारम भर्न सूूर्योदय नगरपालिकालाई अनुमति दिएको थियो । जिल्लामा पहिलो पटक सदरमुकामबाट राष्ट्रिय परिचयपत्रको सेवा पालिकामा पुुगेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल