alliance khabar

बुधबार, चैत्र ०६, २०८१

गुल्मी, चैत ६ गते ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका–७ वामीटक्सार गुल्मीमा निर्वाचन प्रक्रिया स्थगित भएको छ । मङ्गलबार बिहान ८ बजेदेखि शुरु भएको मतदान प्रक्रियामा १०७ मत खसिसकेपछि मतदानकै क्रममा अनेरास्ववियूको तर्फबाट असहमति जनाई निर्वाचन स्थगन भएको हो ।

अनेरास्ववियुले सबै विद्यार्थीले चुनावमा भाग लिन नआएको भन्ने गुनासो सहितको निवेदन दिएको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत लिलाधर घिमिरेले जानकारी दिनुभयो । दिउँसो २ बजेसम्म मतदान प्रक्रिया चलेपनि सर्वदलिय बैठक बसेर सहमतिको प्रयास थालिएको थियो ।

निर्वाचन उपर छलफल गरेर सहमति बमोजिम निर्वाचन प्रक्रिया अर्को सुचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको बताइएको छ । यता नेपाल विद्यार्थी संघ र अखिल छैठौँका विद्यार्थीहरुले भने निर्वाचन हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । मतदाताका विषयमा मंगलबार नै बसेर सवै संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेको भएपनि अन्तिम समयमा आएर चुनाव स्थगित गर्नु गैरजिम्मेवार रहेको उनीहरुको भनाइ छ ।

क्याम्पसमा अनेरास्ववियु र जनमोर्चा निकट अखिल (छैठौँ) बीच निर्वाचनमा प्रतिस्पर्धामा थिए । अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट लक्ष्मी पुन एवं अखिल (छैठौँ) र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलबाट कर्ण नेपाली अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल