alliance khabar

बिहिबार, चैत्र ०७, २०८१

अत्तरिया, चैत ७ गते ।

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयमा  विद्यार्थी  बर्सौंदेखि  खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएपछि  विद्यार्थीलाई  नजिकै रहेको मालिका मन्दिरको प्राङ्गणमा अध्यापन गराउनु परेको  विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले बताउनुभयो । २०४५ सालमा विद्यालयको स्थापना भए पनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताउनुभयो  । ९२ विद्यार्थी सङ्ख्या रहेकोे सो विद्यालयमा  बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुन्छ भने कक्षाकोठा दुई मात्र छन् ।

“एउटा कोठामा विद्यालयको कार्यालय  सञ्चालन छ भने अर्को कोठा  कक्षा सञ्चालनका लागि रहेको छ ।  विद्यालयमा कक्षाकोठा नै नभएपछि विद्यार्थीलाई खुला आकाशमुनि चौरमा राखेर कक्षा सञ्चालन गर्ने  बाध्य भएका छौ,” प्रधानाध्यापक जोशीले भन्नुभयो,  “२०७९ कात्तिक २३ गते आएको भूकम्पले  भवनमा क्षति गरेको छ, टिनको जस्ता लगाएको दुई वटा कोठा त्यो पनि जीर्ण अवस्थामा रहेको  छ ।” विद्यालयमा प्रयोग गर्न शौचालयसमेत छैन । विद्यार्थी, शिक्षक सबै खुला ठाउँमै शौच गर्न बाध्य छन् तर प्रदेश तथा स्थानीय सरकारसँग पटक पटक भवनको माग गर्दा पनि सुनुवाइ नभएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल