alliance khabar

शुक्रबार, चैत्र ०८, २०८१

काठमाडौँ, चैत ८ गते । 

वरिष्ठ हाँस्यकलाकार दमन रुपाखेतीको निर्देशनमा बनेको छोटो फिल्म असल बुहारी युटुबमा सार्वजनिक भएको छ । पछिल्लो समय जदौं नामक सिरियलको निर्देशन गर्दै आएका रुपाखेतीले आफ्नै च्यालन दमन रुपाखेतीबाट असल बुहारी सार्वजनिक गरेका हुन् ।

भिडियो रिलिज गर्नुअघि पत्रकार सम्मेलन गर्दै निर्देशक रुपाखेतीले आफूले समाजमा देखेको महिलाहरूमाथि हुने दमन र शोषणलाई फिल्ममार्फत प्रस्तुत गरेको बताएका छन् । उनका अनुसार असल बुहारी हेर्नेहरूले महिलाको सहनशिलता र त्याग बुझ्नेछन् । महिला बुहारी भइसकेपछि पाउने भूमिका र समाजमा झेल्नुपर्ने विभिन्न लाञ्छनालाई केन्द्रमा राखेर यो छोटो फिल्म बनाइएको निर्देशक रुपाखेतीले पत्रकार सम्मेलनमा बताएका छन् ।

असल बुहारीमा दमन रुपाखेती आफैले अभिनय गरेका छन् । उनका साथमा मिनु कुमाइ, उत्तम कोदे, मिना जिसी, दिलिप ढकाल, उल्का घिमिरे, दिपक रायमाझी, सुप्रिया लामा, सपना कुँवर, पवित्रा कुँवरलगायतको अभिनय रहेको छ । छोटो फिल्मको मुख्य भूमिका अर्थात असल बुहारीमा मिनु कुमाइले अभिनय गरेकी छन् ।

फिल्म सागर खड्काले  खिचेका हुन् भने सुष्मा जिम्बाको सम्पादन तथा दिलिप ढकालको लगानीमा बनेको हो । सामाजिक यथार्थमा रहेर बनाइएको हुँदा सबैले रुचाउनेमा निर्माण टिमको विश्वास छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल