alliance khabar

आइतबार, चैत्र १०, २०८१

रामपुर (पाल्पा), चैत १० गते ।

 कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ । भारत उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ ।

पोखराबाट घुमेर घर फर्किने क्रममा बगनासकाली गाउँपालिका–५, राम्दी स्थित कालीगण्डकी नदीमा पाण्डेसहित ४ नुहाउन गएकोमा उहाँ डुबेर बेपत्ता हुनु भएको थियो । उहाँको नदीको तल्लो तटीय क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी भइरहेको थियो ।

खोजतलास गर्दै जाने क्रममा आइतबार घटना स्थलबाट एक किमी तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल