alliance khabar

मंगलबार, चैत्र १२, २०८१

काठमाडौँ, चैत १२ गते।

 सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् २७ निर्णय सार्वजनिक गर्नुभएको हो ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता गुरुङले सरकारले सरकारले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

प्रवक्ता गुरुङका अनुसार सरकारले सहसचिव  विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गरेको छ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल