alliance khabar

बुधबार, चैत्र १३, २०८१

फुङलिङ, चैत १३ गते ।

ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो ।

नेपाल वायु सेवा निगमसँग रहेको दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो । पुस पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बिचबाटै फर्किएको थियो ।

तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालका लागि सातामा एउटा उडान राखिएको छ । ताप्लेजुङ–काठमाडौंको भाडा दर नौ हजार दुई सय ७० रुपियाँ निर्धारण गरिएको गुरुङको भनाइ छ ।

जिल्लामा हवाई उडान सञ्चालन नहुँदा गाडीमा यात्रा गर्न नसक्ने वृद्धवृद्धाहरू, उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान चाहने नागरिकहरू प्रभावित भएका थिए । यस विमानस्थलबाट ताप्लेजुङसहित पाँचथर तथा तेह्रथुमबाट समेत यात्रुहरूले आवतजावत गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल