alliance khabar

बिहिबार, चैत्र २१, २०८१

सिंजा (जुम्ला), चैत २१ गते ।

चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएको छ । आगलागीका कारण घरभित्र राखिएका सामानहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थी र अन्य नागरिक भाडामा बस्दै आएका थिए । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ । घटनाको पुरै विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल