alliance khabar

सोमबार, चैत्र २५, २०८१

तानसेन, चैत २५ गते ।

 लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर बढिरहेकाले त्यसलाई घटाउन प्रदेश सरकारले पाल्पासहित तीन जिल्लाबाट अभियानको थालेको हो । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर दुई अङ्कबाट एकल अङ्कमा झार्ने प्रदेश स्वास्थ्य मन्त्रालयको योजना छ । सोही योजना अनुसार पारिवारिक विवरण तयार गरेर आवश्यक उपचार अवलम्बन गर्ने योजना अघि सारिएको छ ।

चेतनाको अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर बढिरहेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले बताउनुभयो । विभिन्न कारणबाट भएको मातृ तथा शिशुको मृत्यु घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गरेर अघि बढ्न लागिएको उहाँले जानकारी दिनुभयो । समुदायस्तरका परिवार स्वास्थ्य प्रोफाइलमा जटिल अवस्थाका गर्भावस्था, दुई वर्षमुनिका बालबालिकाको पहिचान गरिने छ । त्यसबाट उनीहरूलाई सुरक्षित हुन अपनाउनुपर्ने सुरक्षित कार्यक्रम तय गरिने मन्त्री सारूले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची र बाँके जिल्लामा बाल तथा मातृ मृत्युदर घटाउन काम गरिने छ ।

नियमित रूपमा सेवाको उपभोगका लागि सेवाग्राही र सेवाप्रदायकका मोबाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृद्धि गरिने छ । अर्घाखाँचीका ४८ हजार र बाँकेका ९४ हजार घरधुरीमा स्वास्थ्यकर्मी पुग्ने मन्त्री सारूले बताउनुभयो । महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ ।

कमजोर स्वास्थ्य सूचकाङ्क भएका बाँके, अर्घाखाँची र पाल्पाका गर्भवती महिलादेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवती महिलादेखि खोपबाट वञ्चित भएका बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरी नियमित सेवामा ल्याउनका लागि हरेक परिवारमा स्वास्थ्यकर्मी परिचालन गरिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल