alliance khabar

बिहिबार, चैत्र २८, २०८१

दार्चुला चैत २८ गते । 

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ ।

दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका साझा उम्मेदवार नेविसंघका प्रकाश बडूले २२२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत करणसिंह साउँदले जानकारी दिनुभयो । अनेरास्ववियुका खडकसिंह ठगुन्नालाई पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका प्रकाश बडू प्यानलसहित विजयी हुनुभएको हो ।

बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गर्नुभयो । सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ, भने अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनका जगतसिंह धामी २४० मत प्राप्त गर्दै विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गर्नुभयो । दार्चुला बहुमुखी क्याम्पसमा समानुपातिकतर्फ ४३६ मत खसेको थियो । बुधवार बेलुकी छ बजेपछि सुरु भएको मतगणना राती एघार बजेपछि मात्रै सम्पन्न भएको थियो ।

यसैबिच जिल्लाको अर्को क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा प्रत्यक्षतर्फ खसेको कुल मत २३० मध्ये १०५ मत प्राप्त गर्दै विजयी हुनु भएको निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । गोकुलेश्वरमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्ट १२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ, भने स्ववियु कोषाध्यक्षका उम्मेदवार गठबन्धनका अम्मरा धामी र अनेरास्ववियुका रेजिना विष्टले सामान १०८ मत प्राप्त गर्दा गोला प्रथाबाट गठबन्धनका उम्मेदवार अम्मरा धामी विजयी हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता हुन, भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल