alliance khabar

बिहिबार, चैत्र २८, २०८१

पोखरा, चैत २८ गते । कुनै बेला पोखरा सुटिङका लागि मुख्य गन्तव्य स्थल मानिन्थ्यो । आधाभन्दा बढी प्रतिशत सुटिङ पोखराका सुन्दर दृश्यसँगै हुन्थे । यहाँका सौन्दर्यलाई कैयौँले आफ्नो चलचित्रमा कैद गरेका छन् । राजधानीबाट महिनामा थुप्रै चलचित्रको टोली सुटिङका लागि पोखरा आइपुग्थे । फेवातालमा चलचित्र सुटिङ गर्नका लागि पालो कुर्नुपर्ने हुन्थ्यो । सुटिङ युनिट लेखेको ब्यानर गाडीमा टाँसेर बजारमा गुडेको दैनिक जसो देख्न पाइन्थ्यो तर अहिले ती दृश्य बिरलै देख्न पाइन्छ । पोखरामा चलचित्र सुटिङको मात्रा दिनप्रतिदिन पातलिँदै गएको छ ।

निर्देशक घनश्याम लामिछानेले चलचित्रको सुटिङमा सङ्ख्यात्मक रूपमा कमी आएको स्विकार्नुहुन्छ । चलचित्र ‘पन्चैबाजा’ को सुटिङ पोखरामै गर्नुभएका लामिछानेले सुटिङका लागि पोखराका विभिन्न लोकेसन उपयुक्त छन् तर बाहिरबाट आउने चलचित्रकर्मीले सुटिङका लागि यहाँ अवस्थित स्थान थाहा नभएको हुन सक्ने बताउनुभयो । उहाँका अनुसार फेवातालमा मात्र कति सुटिङ गर्नु भनेर निर्माता निर्देशक नआएको हुन सक्छ । निर्मातालाई पोखरा भन्नेबित्तिकै फेवाताल, सराङकोटलगायतका ठाउँ भन्ने मात्र थाहा भएकाले एउटै दृश्य पटक पटक नदोहोर्‍याउनका लागि पनि यहाँ सुटिङको मात्रा कम हुँदै गएको हुन सक्ने उहाँको आकलन थियो । फेरि अहिले चलचित्रमा डिजिटल पुस्ताको आगमनसँगै सुटिङको दायरा पनि फराकिलो बन्दै गएको लामिछानेले बताउनुभयो ।

‘वरिष्ठ बलराम’ चलचित्रको सुटिङ सकेर पोखरा फर्किनुभएका कलाकार माओत्से गुरुङले अहिले चलचित्र निर्माण गर्ने शैली नै परिवर्तन भएको बताउनुभयो । अहिले निर्माताको शैली परिवर्तन भएको छ । निर्माताले चलत्रिचको कथामा बढी ध्यान दिएको पाइन्छ, उहाँले भन्नुभयो । पोखरालाई धेरै चलचित्रमा देखिएको हुनाले पनि निर्माताले नयाँ सुन्दर लोकेसन खोजेको हुन सक्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अहिले सुटिङमा ९५ प्रतिशत कमी आएको छ । पहिला पहिला एउटै समयमा चार पाँच वटा चलचित्र सुटिङ हुने पोखरामा चलचित्र सुटिङ पातलिँदै जानु विडम्बना भएको उहाँले बताउनुभयो । आजकल चलचित्र मेकिङमा आमूल परिवर्तन आएकाले जोमसोम, मनाङ कि त काठमाडौँकै गल्लीमा सुटिङ हुन थालेको छ ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले चलचित्रको सुटिङ कम हुँदा चलचित्रबाट आउने आम्दानी निकै कम हुन थालेको बताउनुभयो । उहाँका अनुसार यहाँ सुटिङ हुँदा होटेलले राम्रो व्यापार पाएका थिए तर अहिले व्यापारमा कमी आएको छ । हामीले यस विषयमा सोच्नैपर्ने बेला आएको छ । अझै पनि चलचित्र सुटिङका लागि पोखरा आकर्षक गन्तव्य भएको उहाँले बताउनुभयो । “चलचित्र सुटिङका लागि शुल्क नलिएर हुन्छ या अन्य के गरेर यहाँ फेरि पहिलाको माहोल बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

चलचित्र पत्रकार सङ्घ कास्कीका पूर्वअध्यक्ष रेम विकले यहाँका हरेक दृश्य पुराना भएकाले नै चलचित्रकर्मी अन्यत्र जान थालेको अनुमान बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले निर्माता/निर्देशक फेवाताल छाडेर मुगुको राराताल जान थालेका छन् । दर्शकलाई फरकपन र नयाँ स्वाद दिनका लागि चलचित्रकर्मीले नयाँ ठाउँको खोजी गरिरहेका छन् ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल