alliance khabar

बिहिबार, चैत्र २८, २०८१

जाजरकोट, चैत्र २८ गते –

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटको पूर्वाधार तथा सेवासम्बन्धी आयोजनाहरूको अनुगमन गर्नुभएको छ।

२०८१ साल चैत्र २५ गते आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ को दफा ६ अनुसार जिल्ला स्तरीय आयोजना प्रस्ताव छनौट सिफारिस समितिको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय बेदराज सिंहसहितका सदस्यहरूको उपस्थिति रहेको थियो।

यसै सन्दर्भमा, चैत्र २६ गते माननीय मन्त्री र मन्त्रालयका सचिवले पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्ड अन्तर्गत स्तरोन्नति भइरहेको सडकको स्थल अनुगमन गर्नुभएको थियो।

त्यसका साथै, दशेरा फुर्किचौरस्थित नगर अस्पतालमा प्रदेश सरकारबाट विनियोजित ५० लाख रुपैयाँको घेराबार निर्माणको कार्यको अनुगमन गरिएको छ । सो अवसरमा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विषयमा विज्ञ टोलीहरूसँग छलफलसमेत गरिएको थियो।

मन्त्रीले जन ज्ञानकुञ्ज क्याम्पस दशेराको नवनिर्मित भवन तथा जनप्रिय माविको समेत अवलोकन गर्नुभएको छ । प्रदेश सरकारको तर्फबाट निरन्तर विकासका प्रयासस्वरूप यस्ता अनुगमन कार्यक्रमहरूलाई थप सशक्त बनाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल