मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गरेमा सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो दूरीको यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने संकेत छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, जसले स्वतन्त्रतामा बाधा पुर्याउनेछ । उद्योग तथा व्यापारमा सामान्य लाभ हुनेछ । सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । सहयोगीहरूबाट अपेक्षित साथ नपाउँदा केही समस्या थपिने देखिन्छ । आकस्मिक खर्च बढ्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय हो । तर, केही उत्साहजनक समाचारले मनमा हर्ष बढाउनेछ । योजना अनुसार काम नहुन सक्छ, तर समझदारीमा वृद्धि हुनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ने सम्भावना छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आश मारेको काम सफल हुँदा उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्नेछ । आम्दानी बढ्नेछ र भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन फाइदा हुने काम सुरु गर्ने अनुकूल समय हो । तार्किक क्षमतामा वृद्धि हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
धार्मिक अनुष्ठान र शुभकार्यहरू सम्पन्न हुने योग छ । व्यवसायमा लाभ मिल्नेछ । काममा पनि प्रशस्त फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । अवसरहरू पछ्याउनेछन् भने बोलीको प्रभाव बढ्नेछ । आर्थिक लाभको सम्भावना प्रबल छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
निश्चय भइसकेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका पाइने संकेत छ । आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोस् । गोपनीयताको ख्याल गर्नुपर्नेछ । पुराना समस्याहरूले फेरि झमेला निम्त्याउन सक्छन् । दाम्पत्य सम्बन्धमा तनाव आउन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कीर्तिमानी काम सम्पन्न हुन सक्छ । विभिन्न नयाँ अवसरहरू प्राप्त हुनेछन् । यद्यपि, नयाँ कामको सुरुआत अनुकूल देखिँदैन । काममा अलिकति हैरानी थपिन सक्छ । पारिवारिक भेटघाटको सम्भावना छ । टाढिएका आफन्तहरूसँग पुन: निकटता बढ्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । साना समस्याहरू आउँदा पनि दिन रमाइलो रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको प्रयोगद्वारा लक्ष्य हासिल गर्न सकिनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
एउटै कामबाट दोहोरो लाभ प्राप्त हुने योग छ । विशेष योजनाहरू तयार हुनेछन् । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । पढाइमा सुधार देखिनेछ । आत्मीय व्यक्तिहरूसँग भेटघाटको समय हुनेछ । सफाइ र बगैचा सम्बन्धी कार्यमा रुचि जाग्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ कामको थालनी केही समय पर्खनु उपयुक्त हुनेछ । हाल गरिरहेको कामलाई निरन्तरता दिनु राम्रो हुनेछ । बाधा पुर्याउनेहरू सक्रिय रहन सक्छन्, विशेष सावधानी अपनाउनुहोस् । केही अवसरहरू गुम्न सक्छन्, सतर्क रहनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ । लगनशीलताले उल्लेखनीय उपलब्धि दिलाउनेछ । आफ्ना प्रतिभा देखाएर अवसरहरू हात पार्न सकिनेछ । मनन, ध्यान तथा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर धेरै काम सम्पादन गर्न सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
व्यापारमा फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धा जित्न सहयोग पुर्याउनेछ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनबाट राम्रो लाभ मिल्नेछ । प्राकृतिक वातावरणमा रमाउने दिन हुनेछ ।