alliance khabar

आइतबार, चैत्र ३१, २०८१

काठमाडौँ, चैत ३१ गते  । प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको छ । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि प्राधिकरणले सचेतना अभिवृद्धिको पहल गरिरहेको केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फेसबुक, एक्स, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत चट्याङबाट बच्ने/बचाउने सूचना प्रवाह गरिरहेका छौँ अनि आमसञ्चारमाध्यमबाट पनि सचेतना दिइरहेका छौँ ।” बदलिँदो मौसममा चट्याङबाट तत्काल थप सतर्क बनाउँदै पूर्वसूचना दिने उद्देश्यले ‘सतर्क’ नामको पूर्वसूचना कार्यव्रmम अघि सारिएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री मनसुनमा वायुमण्डलमा बादलको घनत्व घटबढ तथा उतारचढाव हुँदा चट्याङ पर्ने वातावरण बन्छ । त्यसैले वर्षा हुने वातावरण बनेपछि बाहिर ननिस्कने, यात्रा नगर्ने, खेतबारीमा काम नगर्ने जस्ता सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ ।

घरभित्रै बस्ने, यात्रामा भए गाडीमै बस्ने र खुला आकाशमुनि भएमा हातले टाउको छोपेर घुँडा टेकेर बस्नुपर्ने सुझाव उहाँले दिनुभयो । रुख तथा बिजुलीको पोलमुनि कदापि बस्न नहुने उहाँले बताउनुभयो ।  घरभित्रै पनि बिजुलीका काम बन्द गर्ने, मोबाइल, टेलिभिजन आदि नचलाउने, बत्ती तथा इन्टरनेट बन्द गर्नु पर्छ । झ्याल तथा ढोकामा उभिएर बाहिर नहेर्ने र मोबाइलले बाहिरका फोटो खिच्ने काम पनि नगर्न मौसमविद्हरू सुझाउनुहुन्छ ।

प्री मनसुनको समयमा नेपाल, भारत, बङ्गलादेश र भुटानसहितका दक्षिण एयिसाली देशमा बढी चट्याङ पर्ने गरेको छ । विगत केही दिनमा भारतमा मात्र चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल