alliance khabar

बुधबार, बैशाख ०३, २०८२

ढल्केवर, वैशाख ३ गते : धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनस्थित ग्रिडमा बुधवार बिहान आगलागी हुँदा धनुषासहित तीन जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरण मदेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको बताउनुभयो । उक्त आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख यादवका अनुसार ले १३२ केभी लाइन सबै स्थानमा सञ्चालनमा आइसकेको छ तर ३३ केभी लाइन अझै अवरोध छ। आगलागीका कारण पार्टपुर्जा जलेर क्षति पुगेको छ। नयाँ ट्रान्सफर्मर जडानको कार्य अघि बढिसकेको र जडान सकिने बित्तिकै लाइन पुनः सञ्चालनमा आउनेछ।

उहाँले दुई ट्रान्सफर्मर सञ्चालनमा आएपछि कुल विद्युत् आपूर्तिको झन्डै ७० प्रतिशत सेवा पुनः सुचारु हुने जानकारी दिनुभयो । ग्रिडको सिटीमा आगलागी भएका कारण विभिन्न उपकरणहरू जलेर नष्ट भएका छन्। केही दिनअघि मात्र सोही सब स्टेसनमा आगलागी भएको स्मरण गराउँदै उहाँले गर्मीको मौसममा अत्यधिक लोडका कारण यस्ता समस्या देखापर्न थालेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल