alliance khabar

शनिबार, आषाढ १६, २०८०

काठमाण्डौं १६ असार । गत हप्ताको मंगलबार आकस्मिक रुपले काठमाण्डौं उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमण गर्न छुटाएनन् ।

प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका  थिए ।

परम्परागत चिनियाँ शैलीमा रमाउने माले गरेका उच्च राजनैतिक तथा प्रशासनिक भेटघाट निकै गोप्य रह्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट्ने उनको धोको भने अधुरो रह्यो ।

ज्याक माको स्वामित्वमा रहेको अलिबाबा ग्रुपको नेपालमा दराज नामक अनलाइन इ-कमर्श प्लेटफर्म मात्रै सञ्चालनमा रहेको भएपनि उनले नेपालमा थप लगानी गर्नसक्ने र काम गर्न सकिने सम्भावनाको क्षेत्रबारे जानकारी लिएको श्रोत बताउँछ ।

विशेषगरी नेपालको कृषि व्यवसायमा लगानी बढाउने विषयमा माले चासो राखेको चौधरी ग्रुप स्रोतको दाबी छ । नेपालको राजनैतिक र प्रशासनिक क्षेत्रले उनको रूचि भएको क्षेत्रमा कसरी काम अगाडि बढाउन सक्छन् र त्यसमा के-कस्तो सहयोग हुनसक्छ भन्ने विषयमा केन्द्रित रहेको सुत्र बताउँछ ।

 

नेपालका पहाडी र उच्च पहाडी क्षेत्रमा हुने कोदोलाई सुपर फुडको रूपमा विश्वबजारमा कसरी लैजान सकिएला भन्ने माको चासो रहेको बताइन्छ । नेपालमा हेयको दृष्टिकोणले हेरिने कोदोलाई संयुक्त राष्ट्रसंघले भने सुपर फुडको रूपमा घोषणा गर्दै त्यसलाई प्रवर्द्धन गर्ने प्रयास अगाडि बढाइसकेको छ ।

यस्तो अवस्थामा नेपालमा प्रचुरमात्रामा उत्पादन हुने कोदोको उत्पादनलाई व्यवसायीक तवरले उत्पादन बढाउने र त्यसलाई डिजिटल प्लेटफर्म मार्फत नै विश्वबजारमा पुर्‍याउने रणनीति माको रहेको बताइन्छ ।

 

निजी भ्रमण भन्दै काठमाडौ आइपुगेका ज्याक बिहीबार अपरान्ह हङकङ बिजनेस एभिएसनको चार्टड विमान मार्फत पाकिस्तान पुगिसकेका छन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल