alliance khabar

मंगलबार, बैशाख ०९, २०८२

सर्लाही, वैशाख ९ गते  ।

 सर्लाहीको हरिपुर र हरिवन नगरपालिकाका किसान हात्ती धपाउन रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली हात्ती आएर घोगा लागेको मकै खाने र कुल्चिएर नष्ट गर्न थालेपछि किसान मकै जोगाउन रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । हरिपुर नगरपालिका–१, हजारबिघा, हरिपुर नगरपालिका–२, सखुवामौजा र सानो जगतपुर तथा हरिवन नगरपालिका–५, घुर्कौली क्षेत्रमा तीन वटा जङ्गली हात्तीले किसानको मकै बालीमा क्षति पुु-याइरहेका छन् ।

दिनभर नजिकैको जानकीनगर साझेदारी वन र सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा आएर मकैमा क्षति पुु-याउने गरेका छन् । हरिवन–५, घुर्कौलीका किसान टेकबहादुर घिसिङले हात्तीले मकै सखाप पार्न थालेपछि तीन रातदेखि गाउँका २०/२५ जनाको समूह बनाएर मकै रुँगने काम गरिरहेको जानकारी दिनुुभयो ।

दिनभर काम गर्ने किसानलाई रातभर सुत्दै नसुति जाग्राम बस्न मुस्किल परेको उहाँको भनाइ छ । घिसिङले भन्नुुभयो, “सोमबार बिहान २ बजेसम्म हात्ती रुँगेर बस्यौँ तर ४ बजेतिर आएर मकै खाइदियो । मुखैमा आएको बाली यसरी हात्ती आएर सखाप पारिदिँदा रोएर बसिरहेका छौँ ।”

घुर्कौलीकै देवकुनदेवी महतोले चार हजार रुपियाँ प्रतिकट्ठाले ठेक्का लिएर १० कट्ठा जग्गामा मकै लगाए पनि लगातार हात्ती आएर खाइरहेकाले लगानीसमेत नउठ्ने चिन्ता परेको गुनासो गर्नुभयो । दुुई साताभन्दा बढी समयदेखि जङ्गली हात्ती आएर जताततै क्षति गरिरहँदा यहाँका किसान खेतबारी तथा वनमा घाँस, दाउराका लागि जान सकेका छैनन् ।

हरिपुर नगरपालिका–२, सखुवामौजाकी गीता मैनालीले १५ दिनदेखि देखा परेका जङ्गली हात्तीले गाउँका १० जनाभन्दा बढी किसानको मकै नष्ट पारिसकेको बताउनुुभयो । मैनालीले गुनासो पोख्दै भन्नुुभयो, “एकातिर मकै खाएर सखाप छ, अर्कोतिर मकै बारीमा घाँस काट्न तथा जङ्गलमा घाँस, दाउरा जान नै डरमर्दो छ । वन कार्यालय वा निकुुञ्ज कसले गर्ने हो, तुरुन्त हात्ती नियन्त्रण गरिदिनु प¥यो ।”

वनकर्मीले भने संरक्षित प्रजाति अन्तर्गत पर्ने हात्ती जैविक मार्गमा आफ्ना पुर्खाहरू हिँडेको बाटो हिँड्ने र ठुलो जनावर भएकाले यसलाई नियन्त्रण गर्न सम्भव नै नरहेको बताउने गरेका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख  सन्तोष झाले वन कार्यालयले हात्ती नियन्त्रणका लागि पहल नगरेको भन्ने गुनासो आए पनि ठुलो जनावरका रूपमा रहेको हात्तीलाई थुन्ने र डार्ट गरेर निकुञ्जसम्म लैजान असम्भव रहेको बताउनुुभएको छ ।

डिभिजन वन प्रमुख झाले हात्ती देखा परेको सूचना आएपछि कर्मचारी पठाएर जङ्गलतर्फ नै लखेट्न किसानलाई सहयोग गर्दै आइरहेको बताउनुुभएको छ । प्रमुख झाले भन्नुुभयो, “आफ्नो पुरानो बाटो हिँड्ने व्रmममा आहार तथा पानीको खोजीमा हात्ती गाउँबस्ती र खेतबारीमा छिरेका हुन् । हात्तीलाई जिस्कायो वा ढुुङ्गामुढा ग-यो भने अझ आव्रmमक बन्न सक्छ त्यसैले हामी बुुझ्ने प्राणीले हात्तीबाट आफैँ सजग हुने हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल