Alliancekhabar

शनिबार, भाद्र २३, २०८०

काठमाडौँ, २३ भदौ : निर्मल बाटिका एकेडेमी र विद्यालयमा रोबोटिक्स कक्षा सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको बियोन्ड अपोजीको संयुक्त आयोजनामा अन्तरविद्यालय ह्याकाथन ९कम्प्युटर प्रोगामिङ० प्रतिस्पर्धा, कोडिङ तथा डिजाइन च्यालेञ्ज २०२३ सम्पन्न भएको छ । प्रतियोगितामा रोबोटिक्स कक्षा सञ्चालन गरिरहेका काठमाडौँ उपत्यकाका १८ विद्यालयको सहभागिता थियो ।

कार्यक्रममा प्रत्येक विद्यालयका छ प्रतिस्पर्धी थिए । उनीहरूलाई विभिन्न समस्या दिइएको थियो । कोडिङ तथा सफ्टवेयरका माध्यमबाट प्रोग्राम डिजाइन गरेर हार्डवेयर निर्माण गरी निर्णायकसँग प्रस्तुतीकरण गर्नुपर्ने मुख्य काम प्रतिस्पर्धीको थियो । निर्णायकमा नास्टका वरिष्ठ वैज्ञानिक रोशन पाण्डे, पोखरा एट्रोनोमिकल सोसाइटीका अध्यक्ष महेश ठकुरी तथा स्मार्ट चेलीका सिइओ प्रतीक्षा पाण्डे हुनुहुन्थ्यो ।

आयोजक निर्मल बाटिकाले बेस्ट टिम वर्क र कोडिङतर्फ बेस्ट टाइम मेनेजमेन्ट तथा वेदव्यास बोर्डिङ स्कुल काठमाडौँ वरिष्ठतर्फ र सहारा राष्ट्रिय विद्यालय भक्तपुर कनिष्ठतर्फ उत्कृष्ट विद्यालय घोषित भई योङ इनोभेटर अवार्ड प्राप्त गरे ।

टोखा नगरपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयले नियमित पठनपाठन सँगसँगै यस प्रकारको अतिरिक्त क्रियाकलापमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । विद्यालयका प्रिन्सिपल शिव थापाले बियोन्ड अपोजीसँग मिलेर रोबोटिक्स कक्षा सञ्चालन गरिरहनाका साथै डिजी स्कुल, कारखाना साइन्स, निमा डिजिटल लर्निङ, इन्पाएर एजुकेसनलगायत सहयोागीसँगको सहकार्यमा विद्यालयलाई पूर्णरूपमा प्रगतिशील विद्यालय बनाउनेतर्फ लागेको जानकारी दिनुभयो । विद्यालयका निर्देशक कृष्णबहादुर थापा तथा बियोन्ड अपोजीका सिइओ सुदीपविक्रम अधिकारी लगायतले विजेता टोलीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल