Alliancekhabar

बुधबार, भाद्र २७, २०८०

काठमाडौँ, २७ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उहाँको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । विदेशबाट छोराहरू आइसकेपछि उहाँको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

एमालेले उहाँको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल