alliance khabar

शनिबार, आश्विन १३, २०८०

काठमाडौँ, १३ असोज : सवारी दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी कांग्रेस नेत्री एन्ड्रिना घिमिरेलाई अर्थिक सहयोग गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का सचिव शङ्कर खड्काको पहलमा अमेरिकामा बस्ने नेपालीबाट सङ्कलन गरिएको रू तीन लाख ५१ हजार एक सय ११ आज कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता डा कोइरालाले रकम सङ्कलनको संयोजन गर्ने र सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । “दुःखमा परेकालाई मैले आवश्यक सहयोग गर्नेछु, नागरिकको दुःखमा जोडिने मेरो प्रयास रहनेछ,” उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले घिमिरेको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले घिमिरेलाई खुट्टा गुम्यो भनेर आत्मबल नगुमाउनसमेत आग्रह गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानिया, नेता हरिबोल भण्डारी, दीपक भट्टराई, एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, महासचिव गौरीराज जोशी, एनआरएनका महासचिव केशव पौडेललगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल