Alliancekhabar

शनिबार, आश्विन १३, २०८०

काठमाडौँ, १३ असोज : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले आज काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

“सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्नसक्छ, उत्तेजना र आवेगमा आएर कसैको चरित्रहत्या गर्नुहुँदैन,” नेता केसीले भन्नुभयो । उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएकाले यसको संरक्षणमा कांग्रेस लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

नेता केसीले पत्रकारिताको माध्यमबाट सञ्चारकर्मीले मुलुकको परिवेशको उजागर गरेकोमा प्रसंशा गर्दै आगामी दिनमा लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनको विकासमा स्वर्गीय अधिकारीले खेलको भूमिका अविस्मरणीय रहेको स्मरण गर्नुभयो । स्वर्गीय अधिकारीले जुन लक्ष्य र उद्देश्यका साथ प्रेस युनियन चितवनको स्थापना गर्नुभयो त्यो पूरा हुन नसकेकाले अझै पनि आफ्नो हक र अधिकारका लागि पत्रकारहरु सशक्त भएर अगाडि बढ्नुपर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्वर्गीय अधिकारीले चितवनको संस्थागत पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको उल्लेख गर्नुभयो । अधिकारीले चितवनमा पत्रकारिता क्षेत्रको विकासमा ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो ।

नेपाल प्रेस युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले चितवनमा पत्रकारिताको माध्यमबाट भएको परिवर्तनमा स्वर्गीय अधिकारीको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी सचिव सृजना अर्याल, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस युनियन चितवनका पूर्वअध्यक्ष बसन्त पराजुलीलगायतको सहभागीता थियो । स्वर्गीय अधिकारी चितवनबाट प्रकाशित हुने प्रवाह साप्ताहिकको प्रकाशक तथा सम्पादक हुनुहुन्थ्यो । विस २००४ सालमा जन्मनुभएका अधिकारीको विस २०८० असोज २ गते काठमाडौँमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल