alliance khabar

मंगलबार, आषाढ २६, २०८०

काठमाडौँ २६ असार । मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्‍यो। दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँचजना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो ।

दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ। नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरूमध्ये दुई जना आमा-बुवा र तीन जना छोराछोरी हुन्। अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसामा नेपाल आएका थिए ।

पासपोर्टमा उनीहरूको ठेगाना उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोन उल्लेख छ। यी दुबै ठाउँ अमेरिकाको टेक्सास राज्यसँग जोडिएका छन्। रूस र अफगानिस्तानमा पनि हेलिकप्टर उडाएका अनुभवी पाइलट थिए चेतबहादुर ।

उहाँहरू धनी परिवारका हुनुहुँदो रहेछ। मेक्सिकोबाट घुम्न भारत आउनुभएका उहाँहरुआइतबार दिल्लीबाट एयर इन्डियाको जहाजमा काठमाडौँ आएको देखियो चिरन्जीवी भट्टराईले भने, हिजो लुक्ला जानुभएको थियो। उहाँहरूको हिजै लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौँ फर्किने योजना थियो ।

 

‘हिजो मौसमले साथ नदिएर आज मात्रै काठमाडौँ आउन लाग्नुभएको थियो। बाटैमा दुर्घटना भयो,’ भट्टराईले भने।

 

दुर्घटनाबारे दिल्लीस्थित मेक्सिकन राजदूतावासलाई रिपोर्टिङ्ग गरिरहेको र समन्वय गरेर शव पठाउने काम गर्ने भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल