Alliancekhabar

बिहिबार, आश्विन १८, २०८०

काठमाडौँ, १८ असोज : सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सो अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी कार्यक्रमको सुरुआत गर्नुभएको थियो । बुधबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पूर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक स्वयमसेवकलगायत गरी एक सय २० जनाले रक्तदान गरेका थिए ।

ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक सम्बन्धी ज्ञान दिनुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, विद्यार्थी तथा स्काउटलगायत सवारी चालक र परिचालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका चेतनामूलक कार्यक्रम भइरहेको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल