alliance khabar

बुधबार, आश्विन २४, २०८०

काठमाडौँ, २४ असोज : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।

प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने वाइपास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् । गत साउन ३ गते कार्गाे भवनबाट गाडीको ब्रेकसुभित्र लुकाइछुपाइ ल्याइएको सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको छ । उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि सो गेट सञ्चालनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार त्रिभुवन विमानस्थल प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’सम्मको पास उपलब्ध गराइन्छ भने कार्गाे भवन प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइन्छ । सर्वसाधारणले आफ्नो मालवस्तु छुटाउन भन्सार क्षेत्रमा प्रवेश गर्नुपरेमा आगन्तुक अनुमतिपत्र (पास) लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड र अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा टोकराज पाण्डेले बताउनुभयो ।

उहाँले यसबाट अनधिकृत व्यक्तिको प्रवेश र अवैध सामान आयात अन्त्य हुने अपेक्षाका साथ मापदण्ड तयार पारी पास वितरणलाई व्यवस्थित गरिएको बताउनुभयो । भन्सार कार्यालयले यसअघि विमानस्थलको यात्रु आवागमनतर्फ बहुमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल