काठमाण्डु ,४ साउन- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको अवैध सुन जफत घटनामा थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एक चीनीया नागरिक रहेका छन। राजश्व अनुसन्धान कार्यालयले बिहीबार लिन जेछियाङ नामका ती व्यक्तीलाई पक्राउ गरेको हो। ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बताएको छ।
उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।
उनी बिगत ४-५ महिनादेखि नेपालमा रहेका थिए। बुधबार विमानस्थ लको भन्सार जाँचपास भएर निस्किएको ब्रेक शुबाट प्रहरीले अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको अनुमान गरेको छ।यसअघि यसै घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरिएको छ।