alliance khabar

बिहिबार, कार्तिक ०९, २०८०

‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको टाइम्स अफ इजराइलले बताएको छ ।

उहाँका अनुसार इजराइल स्थल कारवाहीका लागि तयार भइरहेको छ । यद्यपि कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे उहाँले केही बताउनुभएन । “हामी स्थल आक्रमणको तयारी गरिरहेका छौँ, कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती विचारहरूो सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिन जसमा अधिकांशका बारेमा जनतालाई जानकारी छैन, साथै यस्तै नै मानिन्छ, यही तरिका हो जसबाट हामी आफ्ना सैनिकहरूको ज्यानको रक्षा गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भन्नुभयो, “इजराइल हाम्रो अस्तित्वको लडाइँको बीचमा छ, युद्धका दुई उद्देश्य हुन्छन्– हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु र उसलाई समाप्त पार्नु, साथै हाम्रा बन्धकहरूलाई फिर्ता गर्नका लागि हरसम्भव प्रयास गर्नु ।”

प्रधानमन्त्री नेतान्याहुलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले भनेको छ, “हमासका सबै सदस्य मृत व्यक्ति हुन् । उनीहरू जमिनमाथि र तल, गाजाभित्र र बाहिर घुमिरहेका छन् । रक्षामन्त्री योआभ ग्यालेन्ट, मन्त्री बेनी गेन्ट्ज, सुरक्षा क्याबिनेट, मुख्यसचिव र सुरक्षा सङ्गठनका प्रमुखहरूसँग हामी विजय प्राप्त नभएसम्म युद्धका लक्षहरूलाई प्राप्त गर्नका लागि चौबिसै घन्टा काम गरिरहेका छौँ र राजनीतिक विचारलाई पनि यस्तै बनाइरहेका छौँ ।”

मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै लक्ष्य भएको उल्लेख गर्दै उहाँले इजराइली कारवाहीमा हजारौँ आतङ्ककारी मारिएको र यो सुरुआत मात्र भएको बताउनुभयो ।

स्थल आक्रमणको समयका बारेमा सर्वसम्मतिले निर्णय लिइएको उहाँको भनाइ थियो । “अपरेसनको समय युद्ध मन्त्रिपरिषद् र मुख्यसचिवमार्फत सर्वसम्मतिले निर्धारण गरिएको थियो”, उहाँले भन्नुभयो, “हामी ती हत्यारा, अत्याचारी र हमासबाट पूरा मूल्य चुकाउने छौँ ।”

उहाँले गाजाका गैरलडाकूहरूलाई फेरि पनि दक्षिणी गाजातिर जान आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल