Alliancekhabar

मंगलबार, मंसिर ०५, २०८०

काठमाडौं, मङ्सिर ५ : जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नका लागि बढ्दो स्वच्छता अभ्यासहरूका लागि आह्वान गरिएको हो । शहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ ।

यस हप्ता धेरै व्यक्ति हैजाबाट सङ्क्रमित भएको विज्ञहरुको भनाइ छ । सहजै रोकथाम गर्न सकिने रोग भए पनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयहरुको भनाइ छ ।

प्रकोपको केन्द्रबिन्दु कुवाडजानाको उच्च–घनत्व उपनगर रहेको छ । सो स्थानबाट अस्पतालमा भर्ना भएका लगभग आधा मानिसहरु छन् । हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकलका अनुसार हरारे शहरले बढ्दो जनसङ्ख्यालाई पर्याप्त धाराको पानी उपलब्ध गराउन सकेको छैन । जसले गर्दा बासिन्दाहरूले अशुद्ध पानीको सहारा लिइरहेका छन् ।

हरारेको मुख्य स्रोत लेक चिवेरोबाट शहरले प्राप्त गरिरहेको पानी धेरै दूषित रहेको बताइएको छ । उहाँले शहरवासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको र आवश्यक स्वच्छ पानी आपूर्ति गर्न असक्षम रहेको बताउनु भयो । उहाँले आवश्यक पानी आपूर्तिको लगभग एक तिहाई मात्र स्वच्छ पानी पाउने गरेको बताउनु भयो ।

जिम्बाबेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तिमा १२ जनाको ज्यान गएको बताउनु भयो । जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ ।

हरारेबाट देशका सबै क्षेत्रहरूमा मानिसहरूको धेरै आवतजावत छ । हरारेमा भएका हैजाका बिरामीहरु घटाउने काममा लागिरहेको भए पनि सफल हुन नसकेको स्थानीयहरुको भनाइ छ । हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाको लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ ।

त्यस्तै, सरकारले हस्तक्षेप गरेर नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुपर्ने नागरिकहरुको माग छ । आफू स्वच्छ पानी किनेर खान नसक्ने उनीहरुले बताए ।

त्यस्तै, अर्का स्थानीयले कहिलेकाही दुई वा तीन हप्तासम्म पानी बिना बस्ने गरेको र सो अवस्थामा शौचालय फ्लस गर्न नसक्नाले पनि रोग निस्किएको बताउनु भयो ।

अधिकारीहरूले सर्वसाधारणलाई अनाधिकृत बजार वा सार्वजनिक जमघटमा नजान सल्लाह दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल