Alliancekhabar

मंगलबार, मंसिर ०५, २०८०

काठमाडौं, मङ्सिर ५ :गाजापट्टीका ६१ जना बिरामीउपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमबार टर्कीको राजधानी अङ्कारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो ।

समूहलाई मन्त्रीले अङ्काराको सैन्य विमानस्थलमा स्वागत गर्नुभएको थियो । उनीहरूलाई बिल्केन्ट र एट्लिक अस्पतालमा लगिएको छ । पत्रकारहरूसँग कुरा गर्दै कोकाले गत हप्ता २७ गाजाका बिरामीहरूलाई अङ्कारामा ल्याएको बताउनु भयो ।

६१ जनाको आगमनसँगै टर्कीमा ल्याइएका गाजान बिरामीहरूको कुल सङ्ख्या ८८ पुगेको छ । यसैबीच, टर्कीका विदेशमन्त्री हकान फिदानले सोमबार गाजाबाट आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने प्रयास जारी रहेको बताउनुभयो । उहाँले आफ्ना १७० नागरिक र उनीहरूका आफन्तहरूलाई गाजाबाट बाहिर निस्कनका लागि सुरक्षित गरिसकेको जानकारी दिनुभयो । टर्की सरकारले गाजामा रहेका कुल ९८३ टर्की नागरिकको उद्धारका लागि सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल