Roshan Pokharel

मंगलबार, मंसिर १९, २०८०

काठमाडौं – नेपाली म्युजिक भिडियोहरुमा हाउस पार्टीको कन्सेप्ट समेटेर कमै भिडियो बनेका छन् होला। आफ्नो पहिलो म्युजिक भिडियोमा केहि नयाँ गरौ, नयाँ ट्रेन्ड सुरु गरौ भन्ने गायक अबिराज लकान्द्रीलाई लागेको थियो। गायक लकान्द्री र उनको टिमको प्रयासले केहि दिन अघि गायक लकान्द्रीको च्यानल ‘अबिराज’ मार्फत हाउस पार्टीको कन्सेप्ट समेटिएको ‘सुनिदेउ न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा रानाबिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। शान्ती तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल