Alliancekhabar

शनिबार, साउन २०, २०८०

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो ।

शिक्षा व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कूल रु एक करोड ८१ लाख ५० हजार खर्च गरेर विद्यालयमा आएका विद्यार्थीलाई जीविकोपार्जनमा जोड्ने गरी कार्यक्रम गर्न लागेको शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । यो कार्यक्रम लागू गर्न कार्यविधि बन्ने चरणमा रहेको छ ।

विशेषगरी विद्यार्थीलाई कृषि र प्रविधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आम्दानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने गरी कार्यक्रम गर्न लागिएको निर्देशक दर्जीले बताउनुभयो । सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्बन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उहाँले बताउनुभयो ।

गत आवमा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आवमा भने यो कार्यक्रम निर्देशनालयले गर्न लागेको जनाइएको छ । विद्यार्थी विद्यालयमा पढेर बाहिर निस्कँदा जीविकोपार्जन गर्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गर्न लागिएको बताइएको छ । अबको दिनमा कुन काम गर्न चाहेको हो विद्यालयसँग आवेदन माग गरेर यो कार्यक्रम लागू गरिने निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल