alliance khabar

आइतबार, साउन २१, २०८०

भरतपुर, २१ साउन

चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ ।

भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वजर्नेल डा प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भूपूसैनिकहरूले दुई देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताउनुभयो ।

भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताउनुभयो । दूतावासले पहिलोपटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा सम्मानित भएका भूपू सैनिकहरूले आफूहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरका थिए ।कार्यक्रममा डा लक्ष्मीकान्त पाण्डे, धनबहादुर थापालगायतले बोल्नुभएको थियो । कार्यक्रम भूपू सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

नगरपालिकाबाटै श्रम स्वीकृति र परामर्श

चितवनको रत्ननगर नगरपालिकाले श्रम स्वीकृति दिन सुरुआत गरेको छ । वैदेशिक रोजगारीमा जाने युवालाई शुक्रबारदेखि पालिकाबाटै औपचारिकरूपमा श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको हो । जेठ महिनाबाट श्रम स्वीकृति दिन सुरु गरिएको भए पनि औपचारिक गरेर सो सेवा थालिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार नगरपालिकाले रोजगार सेवा केन्द्रबाट उक्त सेवा सुरु गरेको नगरप्रमुख प्रलाद सापकोटाले बताउनुभयो । उहाँले पालिकाबाट श्रम स्वीकृतिको सेवा सुरुआतसँगै काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “काठमाडौँबाट लिदै आएको हरेक सेवा स्थानीय सरकारमार्फत दिनुपर्छ”, उहाँले भन्नुभयो, “यसले नागरिकको समय र पैसाको बचत हुन्छ ।”

नगरप्रमुख सापकोटाले यसअघि बाहिर गएर श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहजै सेवा पाउने बताउनुभयो । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउन उहाँले सुझाव दिनुभयो ।

सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो श्रम स्वीकृतिपत्र प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । स्थानीय सरकारबाट श्रम स्वीकृतिपत्र लिएपछि भिसा लागेको मान्छे काठमाडौँका मेनपावर र मन्त्रालयमा धाउनु नपर्ने उहाँको भनाइ छ । जेठ महिनायता रत्ननगरबाट १५ जनाले श्रम स्वीकृति लिइसकेको रोजगार सेवा केन्द्र संयोजक चन्द्रा बस्यालले जानकारी दिनुभयो । यो अवधिमा ५० बढी युवालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल