alliance khabar

मंगलबार, पौष २४, २०८०

बाजुरा, २४ पुस : जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या (बेड) सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने बाजुरा अपस्पताल पहिलो हो । बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

यसका लागि आवश्यक स्वास्थ्य सामग्री रु ११ लाख बढीको खर्च र ‘फिजियोथेरापिष्ट’ व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताउनुभयो ।

हाडजोर्नी दुखेका, नशा च्यापिएका बिरामी अब जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताउनुभयो । यसअघि सेवा सञ्चालन नहुँदा जिल्ला बाहिर धनगढी, कञ्चनपुर, नेपालगञ्जलगायतका अस्पतालमा जानुपर्ने स्थानीयलाई बाध्यता थियो ।

जिल्ला अस्पताल हाल १५ शय्या सञ्चालन भए पनि केही समयमै ५० शय्या सञ्चालनको प्रस्ताव गरिए त्यो तत्काल सहज छैन । पन्ध्र शय्या सुविधाकै अस्पताल सञ्चालन गर्न तीन वर्ष जनशक्तिको तलब र केही उपकरण सहायता मानव संसाधन केन्द्रले गर्ने संस्थाका अध्यक्ष नीरबहादुर शाहीले बताउनुभयो ।

थेरापी सेवा सञ्चालन भएपछि बिरामीको सहज उपचारमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताउनुभयो । सेवालाई संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले व्यहोर्नुपर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका तयार रहेको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले बताउनुभयो ।

ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत उपचार हुने डा चेतराज धामीले बताउनुभएको छ । बाजुरा अस्पतालले हाल विशषेज्ञसहितको सेवा दिइरहेको छ । नयाँ भवन निर्माणसँगै सुविधा दिन सहज हुने र उपचारकै लागि जिल्ला बाहिर गएर लाखौँ रकम खर्चिनुपर्ने बाध्यता हट्ने सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल