R Pokharel

मंगलबार, पौष २४, २०८०

काठमाण्डौं ।
यातायत सेवा कार्यलयको ट्रायल सेन्टरमा आउने प्रतिक्षार्थीसगँ अनावश्यक रुपमा ड्राइभिङ्ग संघ मोरङ्गले पैसा असुल गर्ने गरेको पाइएको छ । ड्राइभिङ्ग संघ मोरङ्गले प्रत्येक प्रतिक्षार्थी रु १ सयका दरले पैसा असुल गर्ने गरेको हो । संघको नाम भजाउदै अवैध ढंगबाट कर्मचारी नै खटाएर विना पान नम्वर प्रतिक्षार्थी नगदी रसिद वापत पैसा असुल गरेको सेवाग्राहीले गुनासो गरेका छन ।

ट्रायलमा आउने प्रतिक्षार्थीबाट आउने पैसा लाई विना प्यान नम्वर र मनपरि विलमा नदेखाइ पैसा लिने गरिएको हो । सगरमाथा डाइभिङ्ग सेन्टरका सञ्चालक समेत रहेका मातृका निरौला ले सो वापतको रकम आफुले लिने र गोजीमा राख्ने गरेको स्वीकार गरेका छन । सोमबार यस विषयमा रिपोटिङ्गमा जादाँ यातायत कार्यलयको ट्रायल सेन्टरमा जादाँ प्रत्येक प्रतिक्षार्थीबाट रु १०० का दरले उठाएको पाइएको थियो । ट्राफिक प्रहरी , ड्राइभिङ्ग संघका प्रतिनिधिहरुकै मिलेमतोमा सो रकम उठाएको एक सेवाग्राहीले बताए । ड्राइभिङ्ग संघ मोरङ्गका अध्यक्ष मनिष थापाले आफुहरुले अबैध तरिकाबाट पैसा लिएको स्विकार गदैँ आगामी दिनमा पैसा सेवाग्राही सग्र यातायतको ट्रायल सेन्टरमा नलिने प्रतिवद्धता व्यक्त गरेका छन । विना प्यान नम्वर तपाईहरुले विल जारी गर्नुभएको रहेछ नी रु भन्ने प्रश्नमा आफुहरु यस विषयमा जानकार नरहेको बताए । सस्था दर्ता गरिएको भए पनी आफुहरुले सरकारी राजश्व नतिरेको उनले बताए । सस्थाले मासिक रुपमा ५० हजार रुपमा लिने गरेको भएपनी आवश्यक विल भने जारी नगर्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल