alliance khabar

शनिबार, पौष २८, २०८०

भक्तपुर, २८ पुस : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पर्साको वीरगञ्जका तीन वर्षीय बालकका लागि ३० वर्षीय आमाले कलेजो दान दिनुभएको जानकारी दिनुभयो । कलेजो प्रत्यारोपण गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

“यसअघि यति सानो बालकको कलेजो प्रत्यारोपण गरिएको थिएन । यो पहिलो पटक हो”, डा श्रेष्ठले भन्नुभयो, “केन्द्रमा यो साता शुक्रबारदेखि सोमबारसम्म लगातार चार दिनमा चार वटा कलेजो प्रत्यारोपण गर्दैछाैँ । यो नेपालका लागि ठूलो सफलता हो ।”

यसअघि केन्द्रले पुसमा एकैपटक दुई जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । पुस ८ गते भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले र पुस ९ गते सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएर प्रत्यारोपण गरिएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठको नेतृत्वमा केन्द्रले २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाका चिकित्सकको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुआत गरेको थियो । त्यसपछि भारतको म्याक्स अस्पतालकका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आए पनि पछिल्लो समय नेपाली चिकित्सककै टोलीले सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गर्न थालेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले मिर्गौलामा मात्रै नभई कलेजो प्रत्यारोपणमा पनि सफलता पाएपछि अब नेपाल कलेजो प्रत्यारोपणमा पनि आत्मनिर्भर हुन थालेको बताउनुभयो । उहाँका अनुसार सुरुका केही वर्ष वार्षिक एक/दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकामा अहिले वर्ष १० जनाको प्रत्यारोपणमा सफलता हासिल गर्न केन्द्र सक्षम भएको छ । केन्द्र स्थापनादेखि अहिलेसम्म एक हजार दुई सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल