alliance khabar

शनिबार, माघ २०, २०८०

रसुवा, २० माघ : दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो ।

इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले स्थापना गरेको एएनएमएस संस्था र नौकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरबाट ९० छात्रछात्रासहित कूल दुई सय ७० जनाले सेवा प्राप्त गरेका नौकुण्ड–१ का वडाध्यक्ष कान्छा तामाङले जानकारी दिनुभयो । शिविर सञ्चालन गर्न उत्तरगया गाउँपालिका–५ लहरेका बासिन्दा तथा हाल जिवजिवे ग्रामीण अस्पतालमा कार्यरत डा सरोज श्रेष्ठले अगुवाइ गर्नुभएको हो ।

स्वास्थ्य शिविरमा विभिन्न रोगको परीक्षण गर्नुका साथै औषधि समेत प्रदान गरिएको डा निहारिका शर्मा गैरेले जानकारी दिनुभयो । चिकित्सक टोलीले छात्रछात्रालाई स्वास्थ्य परीक्षणका साथै विभिन्न पाठ्य सामग्रीसमेत वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल