alliance khabar

शुक्रबार, माघ २६, २०८०

लुम्बिनी, २६ माघ : नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो ।

प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा जान नसक्दा कतिपयको गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको र स्वास्थ्य प्रहरीबाट जीवन्त प्रहरी सेवाको सुनिश्चितता हुने सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य शिविरले प्रहरीलाई आफ्नो शारीरिक र मानसिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिकले कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरले स्वास्थ्यलाई कायम राख्न तथा सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता शिविर आवश्यक भएको बताउनु भएको थियो ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा प्रहरीका विभिन्न तहका गरी करिब तीन सय पाँच जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिनुभयो । स्वास्थ्य शिविरअघि नेपाल प्रहरी श्रीमती सङ्घले रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा खाद्यान्न एवं ‘स्टेसनरी ’सामग्रीसमेत वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल