alliance khabar

सोमबार, फाल्गुण ०७, २०८०

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ ।

विश्वमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ ।

समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना)मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनेप्याथी भनिन्छ ।

मधुमेहसम्बन्धी केही जानकारी :

१. विश्व मधुमेह दिवस सन् १९९१ बाट मनाउन शुरु गरिएको थियो ।

२. अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरमा ४२ करोड ५० लाख मानिस मधुमेहबाट प्रभावित छन् ।

३. सन् २०३५ सम्ममा १० प्रतिशत मानिसहरुमा मधुमेहको प्रभाव देखिने अनुमान छ ।

४. प्रत्येक दुई जना मधुमेह भएका व्यक्तिहरुमध्ये एकजनालाई आफूलाईलाई मधुमेह लागेको थाहा हुँदैन । तसर्थ प्रभावित संख्या अहिलेको आँकडाभन्दा धेरै बढी हुन सक्छ ।

५. सन् २०१६ को आइडीएफमा बुझाइएको डाइबिटिज प्रोफाइल अनुसार नेपालमा कूल जनसंख्याको ९.१ प्रतिशत मानिसहरुमा मधुमेह भएको देखिन्छ । एकिन तथ्यांकको कमी र रोगको राजधानी मानिने भारत र चीनबीचको भौगोलिक अवस्थित र जीवनशैलीको सामिप्यता हेर्दा यो संख्या अझै भयावह हुन सक्ने देखिन्छ ।

६. अमेरिका जस्तो विकसित राष्ट्रमा प्रतिव्यक्ति करिव २ हजार डलर प्रति वर्ष मधुमेह लाग्दा खर्च हुने देखिन्छ भने १ हजार डलर प्रतिव्यक्ति प्रतिवर्ष आय भएको हाम्रो मुलुकको एउटै परिवारमा मधुमेह हुँदा हुने आर्थिक भार सजिलै बुझ्न सकिन्छ । नेपालको यो वर्षको मूल नारा : ‘नर्स र मधुमेह‘ हो ।

यो नारा छनोटमा पर्नुको मुख्य कारणहरु यसप्रकार छन् :

  • परिवारमा कुनै एक जना रोगी भए पनि त्यसको प्रत्यक्ष असर पूरा परिवारमा पर्छ ।
  • रोगबाट पीडित पनि र राहत दिने स्रोत पनि परिवार नै हो ।
  • आर्थिक व्ययभार धेरै बढेर जान्छ
  • रोगको अनुभव र रोगसम्बन्धी शिक्षाको आदानप्रदान परिवारमा प्रत्यक्ष रुपमा हुने गर्दछ ।
  • खानपान र जीवनशैलीको जोखिम र वंशाणुगत असर सबै सदस्यहरुमा उस्तै हुने हुनाले यो विषय शिक्षित हुनु जरुरी छ ।

७. मधुमेह शरीरमा प्याङक्रियाज नामको ग्रन्थीले उत्पादन गर्ने इन्सुलिन हर्मोनमा कमी भएर अथवा उत्पादन भएर पनि काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी हुनाले देखिने रोगहरुको संक्रमण हो ।

८. यदि कसैलाई ३० वर्षभन्दा कम उमेरमा मधुमेह देखा पर्‍यो भने त्यसलाई Type 1 मधुमेह भनिन्छ भने ३० वर्षभन्दा बढी उमेरमा लागेमा त्यसलाई Type 2 मधुमेह भनिन्छ । विश्वभरमा Type 1 DM कूल प्रभावित मध्येको लगभग १० प्रतिशतलाई भएको तथ्यांक छ भने Type DM 2 लगभग ९० प्रतिशतलाई भएको तथ्यांक छ ।

९. अन्य मानिसको तुलनामा मधुमेहलाई मुटु र रक्त नलीहरूमा देखिने असर ३६ प्रतिशतले बढी हुन्छ भने मधुमेहमा मोटोपन, उच्च रक्तचाप, कोलेस्ट्रोल पारिवारिक सुगर रहेमा त्यो जोखिम ५० प्रतिशत हुनजान्छ ।

१०. मधुमेहले विशेषगरी मुटु, मस्तिष्क, मृगौला, आँखाको रेटिना, स्नायु प्रणालीमा असर गर्दछ र शरीरको रोगप्ररोधात्मक क्षमतामा ह्रास ल्याउँछ ।

११. मधुमेहको जटिलताबाट बच्नु यसको उपयुक्त उपचार हो ।

१२. मधुमेहमा खानपान, जीवनशैलीको व्यवस्थापन र विज्ञचिकित्सकको राय अनुसारको उपचार नै उपयुक्त त्रिकोणात्मक समाधान हो ।

१३. नेपालीहरको अक्सर खानामा करिव ६० प्रतिशत कार्बोहाइड्रेटको हिस्सा हुन्छ जुन मधुमेह हुन जोखिम र भइसकेकालाई सुगर नियन्त्रणमा अवरोध हो ।  ३० प्रतिशतभन्दा कम कार्बोहाइड्रेड फलफूल र फाइबरयुक्त खाना (सागसब्जी) मा जोड प्रोटिन, माछा, सेतोमासु) को मात्रामा बृद्धि १० प्रतिशतभन्दा कम बोसोको मात्रा पटकपटकको कम क्यालोरिजन्य खाना (दैनिक १६००–१८०० KCL) र बेलुकाको खानाको मात्रामा कटौती र धुम्रमापन र मध्यपान नगर्नु नै उपयुक्त आहारहु्न्छ ।

१४. तनाव मुक्त जीवन दैनिक ३० मिटेनको फटाफाट हिँडाई (हप्तामा कम्तिमा १२० मिनेट) मोटोपन र उच्च रक्तचाप, नियन्त्रण खेलकुद र ब्यायम उचित जीवनशैलीका आधारहरु हुन् ।

१५. चिकित्सकको परामर्शद्वारा निर्देशित नियमित औषधि सेवन गर्ने, अवैज्ञानिक वस्तुहरू, जडीबूटी, जमराको जुस, आदि) सेवन नगर्ने, शरीरमा जटिलता उत्पन्न भई इन्सुलिन सुई प्रयोग भएको भए उचित प्रयोग र नियमित चेक जाँचको होसियारी मेधुमेहीले गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल