alliance khabar

बिहिबार, फाल्गुण १०, २०८०

लुम्बिनी, १० फागुनः बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो ।

सेकेन्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पतालले यस वर्ष ८९ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष पनि ८० अङ्क प्राप्त गरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा थापाले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षणपश्चात् मङ्गलबार र बुधबार दुई दिनसम्म बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

अस्पतालको सुशासन र व्यवस्थापन, ‘क्लिनिकल’ व्यवस्थापन र अस्पतालको ‘सपोर्ट सर्भिस’ जस्ता विषयलाई सर्वेक्षणका प्रमुख मापदण्ड बनाइएको थियो । मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इन्स्टिच्युट काठमाडौँ रहेको छ ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल