alliance khabar

शुक्रबार, फाल्गुण ११, २०८०

मान्म (कालीकोट), ११ फागुन : ‘मेयर हेल्थ केयर कार्यक्रम, घरमा स्वास्थ्यकर्मी साथी’ नाराका साथ सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले सेवा लिएका छन् । रास्कोट नगरपालिका–९ को फुकोटगाउँमा सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

मेयर हेल्थ केयर कार्यक्रमबाट फुकोट स्वास्थ्य चौकी सञ्चालन भएको शिविरमा एक सय ३८ सेवाग्राही सेवा लिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले जनाकारी दिनुभयो । “एक सय सात महिला, ३१ पुरुषले स्वास्थ्य सेवा पाउनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये आठजनाको मधुमेह जाँच, २४ जनाको भिडियो एक्सरे, एक सय तीन जनाले आयुर्वेद सेवा लिनुभएको छ ।”

रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिनुभयो । “नौवटा वडा भएको रास्कोटमा यस्तो शिविर एउटा वडामा वर्षमा चारपटक चल्छ”, उहाँले भन्नुभयो, “चिकित्सकले ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई केन्द्रमा राखेर सुविधा दिइरहेका छन् ।” स्थानीयको ‘प्रेसर, सुगर’, प्रयोगशाला परीक्षणदेखि गर्भवतीको भिडियो एक्सरेसम्मका सुविधा नगरपालिकाले उपलब्ध गराउने गरेको नगरप्रमुख शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल