Alliancekhabar

शुक्रबार, चैत्र ०२, २०८०

नवलपरासी, २ चैत : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी गरेको छ । वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणको काम अगाडि बढाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । नगरका १८ वटै वडा तहमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितताको घोषणा गर्न आन्तरिक तयारी थालिएको छ । नगरपालिकाले वडा नम्बर ७ लाई लुम्बिनी प्रदेश सरकारले तय गरेको मापदण्ड पूरा गरेको आधारमा पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा घोषणा गरिसकेको छ ।

नगर प्रमुख धनपत यादवले सहजरुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्ने काम भइरहेको जानकारी दिनुभयो । ग्रामीण भेगमा भएका स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइएको उहाँले बताउनुभयो । नयाँ निर्माण भएका स्वास्थ्य संस्थाका सुविधा सम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएको घोषणा गर्न घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसूति गराएको, सुत्केरी जाँच कम्तीमा तीन पटक भएकोलगायतका मापदण्ड पूरा गरेको हुनुपर्दछ । नवलपरासीमा यसअघिनै बर्दघाट र सुनवल नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा भइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल