गीतल
छाक टार्न गाह्रो भयो निकास दिनुहोस् महोदय!
तस्करी बढेछ सिंहदरबार भित्रै किन बेहोस महोदय!
पृथक परिवेशमा रुमलिएको छ समाज र संस्कृति!
मार्गनिर्देश गर्नलाई नेतृत्व आजै लिनुहोस महोदय!
कुम्भकर्णको निद जागेको छ यो देशका शासकलाई!
सुरा सुन्दरीमै ब्यस्त ईश्वरले पनि के कहोस महोदय?
रगत,पसिना बगाएर माटोमा अन्न फलाउन सकिएन!
आश्वासन मात्रै बाडेर यो देश कसरी बनोस् महोदय!
~आकाश अधिकारी-तनहुँ।