alliance khabar

शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौँ– मिर्गौलाको संक्रमण, पत्थरी, प्रोस्टेटको रोग, मधुमेह, उच्च रक्तचाप, औषधिको अनुचित प्रयोग, मिर्गौलामा संक्रमण, जन्मजात रोगहरू हुने गर्छन् ।

मिर्गौला सम्बन्धी रोगका लक्षणहरू
मिर्गौला सम्बन्धी रोग लाग्दा सुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरू बताउँछन् । कतिपय अवस्थामा मात्र मिर्गौला रोगको लक्षण देखिन सक्छ ।

मिर्गौलामा समस्या हुँदा देखा पर्ने लक्षणहरू
वाकवाक लाग्नु, पिसाब धेरै हुनु वा धेरै कम हुनु, पिसाबमा फिँज हुनु, सधैँ थकाई लागिरहनु, खान मन नलाग्नु , पिसाबमा रगत देखिनु, छाला सुख्खा हुने तथा चिलाउने, शरीरको मासु बाउँडिनु , निद्रा नलाग्नु मिर्गौला सम्बन्धी रोगका लक्षण हुन् । यस्ता लक्षणहरू देखिएमा नजिकैको स्वास्थ्य संस्थामा मिर्गौला परीक्षण गर्नुपर्छ ।

मिर्गौला रोगबाट बच्ने उपायहरू
– स्वास्थ्य, ताजा र पौष्टिक खाना नियमित खाने ।
– फलफूल र सागसब्जी बढी खाने ।
– प्रतिव्यक्ति दैनिक ५ ग्राम भन्दा कम नुन खाने ।
– दैनिक तीन लिटर पानी पिउने ।
– धूमपान तथा मदिरा सेवन नगर्ने ।
– दैनिक कम्तीमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्ने
– चिकित्सकको सिफारिस विना औषधि सेवन नगर्ने ।
– नियमित रूपमा स्वास्थ्य जाँच गराउने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल