Alliancekhabar

सोमबार, चैत्र २६, २०८०

सल्लेरी (सोलुखुम्बु), २६ चैत : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र तथा आवश्यकता पहिचान सेवा लिएका थिए ।

पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता (ग वर्ग) र सामान्य अपाङ्गता (घ वर्ग) गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेका गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासील्हामु शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल