alliance khabar

शनिबार, बैशाख १५, २०८१

गोरखा, १५ वैशाख ;

सहिद लखन गाउँपालिका–८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष वासुदेव ढकालले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि कूल रु ५१ लाख ७८ हजार आठ सय ४८ खर्च भएको उहाँले बताउनुभयो । “ठेकेदारसँग ठेक्का सम्झौता गर्दा रु ५३ लाख १३ हजार आठ सय आठमा ठेक्का सम्झौता भएको थियो, वडाध्यक्ष ढकालले भन्नुभयो, “तर निर्माण सम्पन्न हुँदा रु ५१ लाख ७८ हजार आठ सय ४८ भुक्तानी गरिएको छ ।”

स्वास्थ्य केन्द्रको भवन नहुँदा यसअघि महिला लक्षित कार्यक्रम सञ्चालनका लागि एक गैह्रसरकारी संस्थाले बनाइदिएको महिला सामुदायिक भवनबाट केन्द्रले स्वास्थ्योपचार सेवा दिँदै आएको थियो । “सामुदायिक भवनमा साधुरो ठाउँ भएकाले पनि सेवा दिन निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “अब आफ्नै जग्गामा भवन निर्माण भएपछि सजिलो भएको छ ।”
गएको असारमा भवन निर्माण सम्पन्न गर्नुपर्ने गरी गाउँपालिकाले श्री कल्याण निर्माण सेवासँग ठेक्का सम्झौता गरेको भए पनि ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो । पालिकाले भवन निर्माणका लागि २०७९ माघ ११ गते कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

“सम्झौताअनुसार काम भइदिएको भए २०८० असार २० गतेसम्ममा निर्माण सम्पन्न हुनुपथ्यो”, उहाँले भन्नुभयो, “समयमा काम गर्न नसकेपछि पहिलो पटक म्याद थप गरिएको अवधिमा कम्पनीले भवन निर्माणको काम सम्पन्न गरेको हो ।” स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय नरमाया अम्गाई, रामकाजी थापा, मिस्टर थापा, कमलादेवी थापा, चन्द्रकुमारी श्रेष्ठ र डल्लीमाया श्रेष्ठले निःशुल्क जग्गादान गर्नुभएको थियो ।

जग्गादाताले उपलब्ध गराएको जग्गामा केन्द्रको एक तले पक्की भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न सङ्घीय सरकारबाट रु २६ लाख पाउनुपर्ने भए पनि रु २२ लाख मात्र प्राप्त भएको र बाँकी रु २९ लाख गाउँपालिकाले भुक्तानी गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । वडा कार्यालयको भवन नजिकै निर्माण भएको स्वास्थ्य केन्द्रबाट अहिले तीन जना स्वास्थ्यकर्मीसहित चार जनाले सेवा दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल