Alliancekhabar

आइतबार, बैशाख २३, २०८१

बागलुङ (बलेवा), २३ वैशाख : धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ ।

अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरका आधारमा पहिचान भएका बिरामीलाई उपचार र निःशुल्क अपरेशनसमेत गराउने योजना बनाएको हो ।

अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्त्रीरोग विशेषज्ञ डा रेखा शर्माले उक्त जानकारी गराउनुभयो । उहाँले पहिलो चरणमा काठेखोला र बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिकामा स्क्रिनिङ शिविर सञ्चालन गरेर पहिचान भएका बिरामीको धौलागिरि अस्पतालमा निःशुल्क उपचार र शल्यक्रिया गराउने बताउनुभयो ।

शर्माका अनुसार अस्पतातले यही वैशाख ३० गते बरेङ, आगामी जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर सञ्चालन गर्न लागिएको हो । त्यसबाहेक शिविरमा फिस्टुला, निःसन्तान दम्पतीको समस्या समाधान, महिनावारी गडबडी, पिसाबको समस्या तथा प्रजनन स्वास्थ्यबारे परीक्षण गरिनेछ । त्यसबाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने सम्भावनाको खोजी गरिने बताइएको छ ।

निजी संस्थामा गएमा पाठेघरको अपरेसनलगायतका उपचारमा रु डेढ लाखसम्म खर्च हुनेछ । सरकारी अस्पतालमा भने सरकारले पठाइदिने प्रतिव्यक्ति रु १३ हजार र अस्पताल विकास समितिले थप गर्ने रु छ हजार गरी रु १९ हजारको उपकरण र औषधि प्रयोगपछि शल्यक्रिया गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।

उहाँले राज्यको उत्तरदायित्व पूरा गर्ने र गाउँघरका बिरामीको उपचारमा पनि सहयोग गर्ने लक्ष्य राखिएको बताउनुभयो । कार्यक्रममा अस्पताल विकास समिति सदस्य लक्ष्मी जिसी कार्कीले महिलाको शरीर संवेदनशील भएकाले ग्रामीण क्षेत्रमा पुगेर उपचार गर्दा आवश्यक परेमा शल्यक्रियासमेत गर्न चिकित्सक टोली खटाइएको बताउनुभयो । उहाँले पश्चिम बागलुङमा यस्ता बिरामीको उपचारमा पहल गर्ने बताउनुभयो ।

अस्पतालले शल्यक्रिया समय भनेपछि तय गर्नेछ । गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको शल्यक्रिया निःशुल्क गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल