alliance khabar

शुक्रबार, जेठ ११, २०८१

सन्धिखर्क, जेठ ११ गते ।

अर्घाखाँचीमा ७ वर्षसम्मका बालबालिकालाई आइपिभी खोप अभियान २०८१ सञ्चालन हुने भएको छ । जेठ १३ देखि १७ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

जिल्लाका छ वटै पालिकामा सञ्चालन हुने अभियानमा सातहजार ५७५ बालवालिकालाई खोप लगाइँदै छ । अभियानमा कुल ३८८ खोप केन्द्र, ३८८ स्वास्थकर्मी र ७७६ जना स्वयंसेवक परिचालित हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले बताउनुभयो ।

राष्ट्रिय खोप कार्यक्रम आइपिभी खोप अभियान २०८०/०८१ जिल्ला खोप समन्वय समितिको शुक्रबार सम्पन्न संयुक्त बैठकमा अभियानमा बारेमा जानकारी दिइएको हो । आइपिभी खोप अभियान २०८१ जिल्ला स्तरीय योजना तर्जमाअनुसार २०७३ असोजसम्म जन्मिएका बालबालिकालाई स्थानीयतहमै खोप लगाइने भएको छ ।

छत्रदेव गाउँपालिकामा ८०७ जना, मालारानी गाउँपालिका एकहजार ३० जना र भूमिकास्थान नगरपालिकामा एकहजार १३९ जना विद्यालय बालबालिकालाई खोप लगाइने भएको । त्यस्तै, सन्धिखर्क नगरपालिकामा दुई हजार ८५ जना, पाणिनि गाउँपालिकामा ८३० जना र सितगंगा नगरपालिकामा एकहजार ६८४ जना विद्यालयका बालबालिकालाई खोप लगाइँदै छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा राष्ट्रिय खोप कार्यक्रम अर्घाखाँची संयोजक जिवनारायण कोइरालाले खोप अभियान प्रभावकारी बनाउन र कुनै पनि बालबालिकालाई नछुटाउन जोड दिनुभयो ।

खोज एकसाथ सञ्चालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका स्वास्थ निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल