काठमाडौँ, २८ साउन
नेपाल शिक्षक महासङ्घले नेपाल सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आज देशका सबै पालिकामा तीनघन्टे धर्ना कार्यक्रम गरेको छ ।
महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आबद्ध संस्था र मातहतका कमिटीमार्फत धर्ना सञ्चालन गरिएको र यही साउन ३० गते जिल्ला र ३२ गतेका प्रदेशस्तरीय दबाब कार्यक्रम सञ्चालन हुनेछ ।
महासङ्घले विगतमा भएको सहमतिका आधारमा राहत र उमावि शिक्षकको स्थायित्व, सिकाइ अनुदान, सेवासुविधा, श्रमिक अधिकार आदि सवालमा कुनै परामर्श नगरी विधेयक तयार गरिएकामा असन्तुष्टि जनाएको छ