Alliancekhabar

बिहिबार, जेठ १७, २०८१

बारा, जेठ १७ गते : प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालोलगायतका जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । भ्याक्सिन नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन । सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा अभाव हुँदा बिरामी भ्याक्सिन नलगाई घर फर्कन बाध्य भएका छन् । केही बिरामी स्थानीय नेताको घरमा सिफारिस लिन जाने गरेका छन् ।

चार वर्षीय नातिलाई उपचार गराउन आउनुभएका फेटा गाउँपालिका–७, जोतपुर गम्हरिया टोलका उसमान अन्सारीले कलैया अस्पतालमा भ्याक्सिन नहुँदा वीरगन्ज जानुपर्ने वा महँगो मूल्यमा खरिद गर्ने बाध्यतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीले आफन्तलाई दिन वा बिव्रmी गर्न सुई चोरेर राखेका हुन्छन्, नेताको दबाब आएपछि उनका आसेपासेहरूले सुई पाउने गर्छन् ।” यसै गरी कुकुरले टोकेका कलैया उपमहानगरपालिका–८, बरेवा टोलका विश्वनाथ राम, सोही ठाउँ बस्ने २३ बैराठपुरका नन्दकिशोर शर्मा, महागढीमाई नगरपालिका–८, जोलगावा टोलका बिसुनपति देवीले छोरीलाई सुई नपाएर रित्तै फर्कनुभयो ।

प्रदेश सरकारबाट १५ दिनसम्म पुग्ने रेबिजविरुद्धको भ्याक्सिन कलैया अस्पतालमा आउने गरेको छ । जिल्लाको एक मात्र प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन न्यून मात्रामा आउने गरेको स्टोर फाँटका कर्मचारी बताउँछन् । केही दिनअगाडि अस्पतालले सेवा सुविधा राम्रो दिन थालेपछि बिरामीको चाप बढेको थियो । यता कुकुरले टोकेको बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइन्छ तर अस्पतालमा माग अनुसार भ्याक्सिन आउने गरेको छैन ड्रेसिङ फाँटका कर्मचारी महालालप्रसाद यादवले बताउनुभयो ।

गर्मी बढेसँगै अहिले कुकुरले टोकेका बिरामी बढी आउन थालेको चिकित्सक आशुतोष बादलले बताउनुभयो । उहाँले अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप ह्वात्तै बढेको बताउनुभयो । जिल्लाका निजगढ, जितपुरसिमरा नगरपालिकाबाहेक १४ वटा स्थानीय पालिकाबाट कुकुरले टोकेका बिरामी आउनुका साथै भारतको विहार राज्यबाट पनि कुकुरले टोकेका बिरामी उपचार गराउन आउने गरेको चिकित्सक बताउँछन् ।

विगत एक सातादेखि कुकुरले टोकेका बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको छ । कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एक जनालाई तीनदेखि पाँच भाइल (डोज) सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल कलैयाका सूचना अधिकारी प्रेम पण्डितले जानकारी दिनुभयो ।

कुकुरले टोकेर रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउनेको सङ्ख्या बढ्दै गएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजय गुप्ताले बताउनुभयो । सम्बन्धित निकायमा एन्टिरेबिजको माग गरे पनि हालसम्म प्राप्त नभएको उहाँले बताउनुभयो ।

तराइँका जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मीसँगै जिल्ला अस्पताल अहिले दैनिक आठ÷दस जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । यसअघि कहिलेकाहीँ तीनदेखि पाँच जना बिरामी मात्र आउने गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल