alliance khabar

शनिबार, जेठ २६, २०८१

पोखरा, जेठ २६ गते ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिमा सत्ताभन्दा पनि संवैधानिकता र नैतिकता ठुलो हुने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले सो भनाइ राख्नुभएको हो ।

सर्वोच्च अदालतको परमादेशबाट यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले सत्ताका लागि जे गरेपनि हुन्छ भन्ने भावनाका विपरीत प्रजातान्त्रिक मूल्य, मान्यता र जनताको अभिमतअनुरूप नै आफूले यही जेठ २८ गते विश्वासको मत लिन लागेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘आफ्नो पार्टी नेपाली कांग्रेस भएकाले नेपाली कांग्रेसले सत्ताका लागि जे पनि गर्छ भन्ने छैन, अन्य साथीहरूले भनेका थिए, अध्यादेशबाट बजेट ल्याउनुपर्छ तर मैले प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूप जनताको अभिमतको कदर गर्दै विश्वासको मत लिने निर्णय गरेको हुँ, मलाई विश्वास छ, सरकारलाई विश्वासको मत प्राप्त हुनेछ ।’’

विश्वासको मत लिन किन हतार गर्नुभएको भन्ने प्रश्न आइरहेको भन्दै उहाँले थप्नुभयो, ‘‘मैले १५ दिन सत्ता लम्बाएर मुलुकलाई अनिर्णय बनाउनु छैन । १५ दिन बढी सत्तामा बसेर केही हुदैन् । तत्काल नीति कार्यक्रम पास गर्नुछ, बजेट ल्याउनु, त्यसका लागि पनि २८ गते नै विश्वासको मत लिने निर्णय गरेको हुँ । अन्य साथीहरूले पक्कै पनि सहयोग गर्नुहुनेछ, मैले कम्युनिष्ट चरित्र देखाएर ६० सदस्य प्रदेशसभामा ३० भनेकै बहुमत भनेर सरकारमा बस्नुछैन् ।’’

सर्वोच्चले गलत गरेको फैसलाले सत्ता हडप्न कम्युनिष्टहरुलाई टेवा पुगेको भन्दै उहाँले सर्वोच्चले नै पुनः सच्चाएकोमा कानुनी शासनको प्रत्याभूति भएको बताउनुभयो ।

गण्डकी प्रदेशमा ६० सदस्य रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसको २७ सांसद रहेका छन् भने राप्रपा दुई, स्वतन्त्र सांसद दीपक गुरुङ(मनाङे) एक र माओवादी चुनाव चिह्नबाट गोरखाबाट निर्वाचित सांसद फडिन्द्र देवकोटाको समर्थन गरी ३१ सांसदको विश्वास मुख्यमन्त्री पाण्डेको छ ।

आफ्नो पार्टी प्रजातान्त्रिक भएको बारेमा स्पष्ट पार्दै उहाँले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले सिंहदरबार जलाइदिन्छु भन्ने अभिव्यक्ति दिँदा सबै पार्टीका नेताहरूले बालेनलाई थुन्नुपर्छ भन्दा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले बोल्न पाउन स्वतन्त्र छ तर जलाए भने थुन्ने हो, अन्यथा थुन्नु हुन्न भन्ने अभिव्यक्ति आएको भन्दै मधेशवादी नेता डा.सिके राउतले भन्नुभएको समेत मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन रहेपनि उहाँले कर्मचारी कुनै पनि पार्टीको नभई मुलुक र जनताको हितमा हुने गरी काम कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुहुँदै आफ्नो सरकारले विश्वासको मत ल्याएको खण्डमा सीमित साधन, स्रोतका बाबजुद कर्मचारीहरूको वृत्ति विकासका लागि नीतिगत रूपमा सम्बोधन गर्ने बताउनुभयो ।

कार्यक्रममा नेल्टा कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले प्रदेश निजामती ऐन पारित भएपछि धेरै कर्मचारी साथीहरूलाई न्याय भएको स्पष्ट पार्नुहुँदै सङ्घीय निजामती ऐन पास गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्र–सेवक कर्मचारीहरूलाई प्रोत्साहन भत्ता समेत उपलब्ध गराउनु माग राख्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद डिल्ली सुवेदी, प्रशासन विज्ञ बाबुराम आचार्य, युनियन केन्द्रीय उपाध्यक्ष उत्तम कटुवाल लगायतका कर्मचारी नेताहरूले समेत कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल